गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी « Khabarhub

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ ।

नयाँ सत्ता साझेदार दल रास्वपाले  गृह,  शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वर्णिम वाग्ले , श्रम मन्त्रालयमा  डोलप्रसाद अर्याल (डिपी) र शिक्षामा शिशिर खनाल पठाउने योजना छ ।

गृह मन्त्रालय नछोड्ने  रास्वपाको अडान छ । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने जनाइएको छ ।  यस्तै सुमना श्रेष्ठलाई पनि शिक्षामै पठाउने हो कि भन्नेबारेमा छलफल भइरहेको छ ।

मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।

अर्याल, लामिछाने र खनाल यसअगाडि पनि मन्त्री भइसकेका छ्न् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : १९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी