नेता भन्छन्- गठबन्धनको भागबण्डा आजै टुङ्गिदैन « Khabarhub

नेता भन्छन्- गठबन्धनको भागबण्डा आजै टुङ्गिदैन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने देखिएको छ । अन्य दललाई पनि समेट्नुपर्ने भएकाले आजै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताइएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टीको औपचारिक बैठक बसिरहेको भएपनि भागबण्डा आजै टुङ्गिने सम्भावना नरहेको गठबन्धन दलका नेताको भनाइ छ । माओवादी महासचिव देव गुरुङले भने, ‘छलफल चलिरहेको छ । आज सबै कुरा निर्णय नहुन पनि सक्छ ।’

यस्तै एमाले उपाध्यक्ष ईश्वर पोखरेलले पनि आज सबै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताए । उनले भने, ‘साथीहरू लाग्नु भएको छ । आज सबै निर्णय आउला भन्ने छैन । सबै छलफल गर्नुपर्‍यो नि ।’

जसपा प्रवक्ता मनिस सुमनका अनुसार प्रदेश र केन्द्रमा पनि शक्तिको बाँडफाँट गर्नुपर्ने भएकाले समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ५२ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा