सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने « Khabarhub

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसअघि ०७९ पुस १० मा एमाले र माओवादीसहितको गठबन्धन सरकार बनेका बेला केपी शर्मा ओलीको संयोजकत्वमा सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय भएको थियो ।

यसपटक भने संयुक्त सरकार चलाउन त्यस्तो राजनीतिक संयन्त्र नबनाइने भएको छ । ‘यसपालि सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बन्दैन,’ नेकपा माओवादी केन्द्रका एक नेताले खबरहबसँग भने, ‘प्रधानमन्त्री दाहालले आफ्नो तरिकाले सरकार चलाउनेछन्, यसमा एमाले अध्यक्ष ओलीबाट कुनै हस्तक्षेप हुनेछैन । कुनै राजनीतिक संयन्त्र बन्दैन ।’

विगतको गठबन्धन सरकारमा ओलीले हस्तक्षेप गरेको प्रधानमन्त्री प्रचण्डको गुनासो थियो । त्यही गुनासोका साथ उनी एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्न गएका थिए ।

तर, यसपालि प्रचण्डलाई त्यस्तो महसुस नहुने गरी काम गर्न दिइने एमाले नेताहरुले आश्वस्त पारेको माओवादी नेताको भनाइ छ । सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र नबने पनि संयुक्त सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरुबीचमा साझा न्यूनतम कार्यक्रम भने तयार गरिने भएको छ ।

सरकारमा सहभागी ४ दलका तर्फबाट जारी ८ बुँदे सहमतिपत्रमा सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रम भने तयार गरिने उल्लेख छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ३८ बजे

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै