गर्भवतीलाई पौष्टिक आहार वितरण | Khabarhub Khabarhub

गर्भवतीलाई पौष्टिक आहार वितरण


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ ।

आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवद्धन कोसेली’को प्याकेट वितरण गरिएको हो ।

गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर गर्भवतीलाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गर्भवती र गर्भको बच्चालाई आवश्यकपर्ने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायत पौष्टिक आहार मिसाइएको प्याकेट वितरण गरिएको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

पालिकाले विगत तीन दिनमा ८० जना गर्भवतीको स्वास्थ्य जाँच गर्नुका साथै पौष्टिक आहारको प्याकेट वितरण गरेको उनले जानकारी दिए । गर्भवतीलाई प्रसूतिका निम्ति अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि मिलाइएको छ ।

सुत्केरी हुन स्वास्थ्य चौकी आउनेलाई पालिकाले रु चार हजार आठ सय, बच्चा र आमाका लागि न्यानो कपडा र अन्य पौष्टिक आहार वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ५० बजे

बाबुरामको प्रश्न- पूर्वमाओवादीहरु किन एकैठाउँ आउने, प्रचण्डलाई सत्तामा पुर्‍याउन ?

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरू

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि

सुन्दरीघाटबाट पुनः पानी वितरण

काठमाडौं–  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी

‘हिराको कण’ ले जलवायु परिवर्तनको असर रोक्ने

काठमाडौं– औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् ।

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे