भारतीय र जापानी सेनाले गरे संयुक्त सैन्य अभ्यास « Khabarhub

भारतीय र जापानी सेनाले गरे संयुक्त सैन्य अभ्यास


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र जापानबीच संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । जापानी र भारतीय सैनिकहरुले राजस्थानमा संयुक्त सैन्य अभ्यास गरेका हुन् ।

भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत् यसबारे जानकारी दिएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार अभ्यासमा भारतीय स्थल सेना र जापानी स्थल आत्मरक्षा बलका सैनिकहरुको सहभागिता थियो ।

धर्म गार्जियन अभ्यास – २०२४ नाम दिइएको यस अभ्यासमा सैनिकहरुले सैन्य अवरोध र व्यवधानलाई परास्त गर्नेबारे प्रशिक्षण लिएको एएनआईले उल्लेख गरेको छ । यस अभ्यासबाट भारत र जापानबीच कायम सैन्य सम्बन्ध थप सुमधुर हुने अपेक्षा गरिएको छ ।

अभ्यासलाई जापानी स्थल प्रतिरक्षा बलको पूर्वी फौजका कमाण्डिङ जनरलको जिम्मेवारीमा रहेका लेफ्टिनेन्ट जनरल टोगाशी युइचीले पनि निरीक्षण गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ५८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह