कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी « Khabarhub

कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० रन बनायो ।

एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाएर एक सय दुई रन मात्र बनायो । कोशीका लागि अङ्कीत सुवेदीले ४८, सुजन थपलियाले ३८, समिर कार्कीले २० र दिपेश कँडेलले १४ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चनराले दुई तथा प्रकाश जैँशी, उनिश ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दीपेन्द्र रावतले एक एक विकेट लिए ।

यस्तै कर्णालीका लागि एक सय दुई रन बनाउने क्रममा हिमांशु शाहीले ३४, दिनेश अधिकारीले ११ तथा दिवान पुनले १० रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादव र दिपेश कँडेलले तीन तीन तथा फिर्दोश अन्सारीले दुई विकेट लिए ।

यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले १७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ र खड्ग बोहराले ४१ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङ र सन्दीप क्षेत्रीले एक एक विकेट लिए । यस्तै गण्डकीका लागि एक सय ३२ रन बनाउने क्रममा दिपक डुम्रेले ४०, ईश्वर क्षेत्रीले १८, समिर कँडेलले १४, सन्दीप क्षेत्रीले १२, गोविन्द विकले ११ र दिनेश बुढामगरले १० रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले तीन तथा शेर मल्ल, नरेन साउद र नारायण जोशीले दुई/दुई विकेट लिए । आगामी चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : २६ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज