पर्यटकको आकर्षणमा सङ्ग्रहालय | Khabarhub Khabarhub

पर्यटकको आकर्षणमा सङ्ग्रहालय


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको सङग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । करबाकेली ‘ट्र्याक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको सङ्ग्रहालय’मुख्य आकर्षणको केन्द्र बनेको हो ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने सङ्ग्रहालयमा दैनिकरुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए । “धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो, सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकका लागि थप आकर्षण बनेको छ”, उनले भने ।

मौलिकता झल्कने गरी करिब रु ८५ लाखमा निर्माण भएको यो सङ्ग्रहालय बनाउन गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख बजेट उपलब्ध गराए पनि अन्य सबै बजेट सहयोगमार्फत जुटाइएको थियो । दुईतला भएको सङ्ग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैलि, पहिचान झल्कने सामग्री सङ्कलन गरेर राखिएका छन् ।

यहाँ आउने सबै पर्यटकले सङ्ग्रहालयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथानका कर्मचारी चन्द्रबहादुर पुनले बताए । उनका अनुसार यस सङ्ग्रहालयमा पर्यटकका लागि रु एक सय ५० र स्थानीयका लागि रु ५० प्रवेश शुल्क लिने गरिएको छ । विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र पत्रकारका लागि भने निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिक्की, जाँतो, मौलिक पहिचान झल्कने पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्रीले पर्यटक आकर्षित हुने गरेका छन् । सङ्ग्रहालयमा राखिएका सामग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने तथा अध्ययनस्थलका रुपमा लिन सकिने बेनीबाट पहिलो पटक करबाकेली पुगेका रमेश शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ३२ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न