खोरेतविरुद्ध खोप अभियान सुरु « Khabarhub

खोरेतविरुद्ध खोप अभियान सुरु


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको पथरी शनिश्चरे–८ मङ्गलबारेका किसान चिन्तित रहेका छन् । मङ्गलबारेका किसानका गाईबस्तुमा खोरेत रोग लागेपछि चिन्तित बनेका हुन् । तीन दिनदेखि पशुमा ज्वरो आउने, खुट्टा र मुखमा घाउ देखिने र खोले नखाएपछि किसान चिन्तित बनेका हुन् ।

पशुमा खोरेतको लक्षण देखिएपछि किसानले वडामा खबर गरी उपचार सुरु गरेका छन् । पथरी शनिश्चरे– ८ का वडाध्यक्ष नवीन कार्कीको सहयोगमा मङ्गलबार दिउँसोदेखि उपचार सुरु भएको हो ।

पशुमा खोरेतको लक्षण देखिएलगत्तै वडाध्यक्ष कार्की मङ्गलबारेस्थित किसानका गोठगोठमा पशु चिकित्सक र प्राविधिकको टोलीसहित पुगेका छन्  ।

वडाध्यक्ष कार्कीले किसानका समस्या सुनेर तत्काल नगरका पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलसहितको टोलीलाई रोग फैलिएका क्षेत्रमा आज बिहानैदेखि खोरेतविरुद्ध खोप लगाउन थालिएको बताए । खोरेतविरुद्ध किसानलाई सचेत पारिएको पनि वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ०३ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले