दोलखाको वैतेश्वरमा सिंदुरे रोगको प्रकोप « Khabarhub

दोलखाको वैतेश्वरमा सिंदुरे रोगको प्रकोप


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा- यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा दोलखाका किसानले लगाएको गहुँ बालीमा पहेँलो सिंदुरे रोगको प्रकोप देखिएको छ । पर्याप्त हिउँदे वर्षा नहुँदा किसानले लगाएको गहुँ बालीमा सिंदुरे रोगको प्रकोप फैलिएको पाइएको हो । मुख्यगरी जिल्लाको वैतेश्वर गाउँपालिकाको वडा नम्बर-१ को गोपी बेँसी, वडा नम्बर-३ को मजुवा दोभाने बेँसी, निम्कोट बेँसीमा धेरै मात्रा सिंदुरे प्रकोप देखिएको हो ।

यता वैतेश्वर गाउँपालिकाको कृषि शाखाले हालसम्म सिंदुरे प्रकोप भएका ठाउँका किसानले कृषि प्राविधिकलाई कुनै जानकारी नगराएको जनाएको छ । यता सम्पर्कमा आएका वडा नम्बर ३ का केही किसानलाई रोग नियन्त्रणको लागि प्राविधिक सल्लाह सहित विषादी समेत दिएर पठाएको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले बताए ।

प्राविधिक पाण्डेका अनुसार हालसम्म प्रकोपपीडित दुई जना किसान पालिकाको सम्पर्कमा आएका थिए र  उनीहरुलाई रोग नियन्त्रणको आवश्यक सल्लाह र केही विषादी समेत दिएर पठाइएको थियो । त्यसबाहेक हालसम्म कुनै किसानले रोगको बारेमा जानकारी नदिएको उनले बताए ।

-सुबास बस्नेत

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : २० बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी