खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर काम गर्छु : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर काम गर्छु : मन्त्री श्रेष्ठ


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताए ।

उनले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिए।

काठमाडौँको इन्द्रचोकमा जन्मिनुभएका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पाटी काठमाडौँ–८ बाट निर्वाचित भएका हुन् । उनी २०७९ मङ्सिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभाको सांसद बनेका थिए । बयालीस वर्षीय श्रेष्ठ २०७४ को चुनावमा बागमती प्रदेशको विवेकशील साझा पार्टीबाट समानुपातिक सांसद बनेका थिए ।

यसअघि उनले पर्यटन, वातावरण तथा दिगो विकास अभियन्ता, सामाजिक अभियन्ता, अस्पताल व्यवस्थापन, सामाजिक÷सांस्कृतिक क्षेत्रमा समेत काम गरेका थिए । वाणिज्य व्यापार विषयमा श्रेष्ठले स्नातकोपाधि हासिल गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ४७ बजे

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा