एघार लाख भेडाबाख्रामा पिपीआरविरुद्धको खोप « Khabarhub

एघार लाख भेडाबाख्रामा पिपीआरविरुद्धको खोप


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौ । बागमती प्रदेश सरकारद्वारा वाग्मती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ ।

प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाले पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि १६ गते फागुनदेखि २२ गतेसम्म सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गरी गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार मकवानपुर जिल्लामा एक लाख ९१ हजार नौ सय एक, चितवन जिल्लामा ८५ हजार १९, रामेछाप जिल्लामा एक लाख पाँच हजार चार सय, सिन्धुपाल्चोक जिल्लामा ७५ हजार सात सय आठ, दोलखा जिल्लामा ९० हजार चार सय ४७, काठमाडौं जिल्लामा २२ हजार १४, ललितपुर जिल्लामा २४ हजार २५, भक्तपुर जिल्लामा नौ हजार एक सय ८५ तथा काभ्रे जिल्लामा एक लाख २७ हजार, नुवाकोट जिल्लामा ७४ हजार सात सय १९, रसुवा जिल्लामा १९ हजार आठ सय ३८ र धादिङ जिल्लामा एक लाख ६० हजार छ सय ३६, सिन्धुली जिल्लामा ५१ हजार दुई सय भेडाबाख्रामा पिपीआर रोग विरुद्ध खोप लगाइएको जनाइएको छ ।

बागमती प्रदेशभरिका १५ लाख ८४ हजार भेडाबाख्रामा खोप लगाइने मन्त्रालयको योजना छ । गत वर्ष मन्त्रालयले यही अभियानअन्र्तगत नौ लाख ७९ हजार एक सय ८७ भेडाबाख्रालाई पिपीआर विरुद्धको खोप लगाएको थियो । मन्त्रालयले खोप अभियान सञ्चालनका लागि खोप केन्द्रविन्दुबाट सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराइ खोप लगाउने कार्य सुरु गरेको थियो ।

सप्ताहव्यापी खोप कार्यक्रमअन्र्तगत पिपीआरविरुद्ध १३ लाख ५० हजार वटा खोप उपलब्ध गराइएको थियो । पिपीआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो ।

यो रोग लागेमा बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने उग्राउन छाड्ने लक्षण देखापर्नुका साथै मृत्यु हुने गरेको छ । कचेरा लाग्ने, नाकबाट बाक्लो सिँघान बग्ने, गिजा र मुखभित्र घाउ देखिने तथा एकैपटक धेरै बिरामी हुने लक्षण देखिने गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ८ : ४२ बजे

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा