‘सिएनएन हिरो’ को पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय « Khabarhub

‘सिएनएन हिरो’ को पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– वीरेन्द्रनगरमा ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ ।

कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवनिर्मित भवनको कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरिएको छ । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा निर्माण गरिएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुनेछन् । आफ्नै भवन नहुँदा हालसम्म विद्यालय भाडामा सञ्चालित थियो ।

तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त भवन रु १२ करोड लागतमा पूरा भएको हो । कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताए । कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १२ : २१ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र