वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु | Khabarhub Khabarhub

वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरी शनिश्चरे नगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.ली.ले तयारी कक्षा थालेको प्रा.ली.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए ।

वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ । वडाले अन्य थुप्रै तालिमहरू गराएको र यस वर्ष लोकसेवा तयारी गराएर युवालाई स्वदेशमै सरकारी जागिरमा प्रोत्साहन गर्न बजेट तथा कार्यक्रम राखिएको वडाध्यक्ष विजय लिम्बुले बताए ।

यता वडा नं. २ ले भने लक्षित वर्ग अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट लोकसेवा तयारी कक्षामा लगानी गरेको छ । वडाका १३ जना महिलालाई लोकसेवा तयारी गराएर सरकारी जागिरमा प्रोत्साहन गरेको वडा सदस्य चन्द्र कुमार राईले बताएका छन् ।

६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा वडा नं. ३ को २ लाख ३३ हजार, वडा नं. २ को ९९ हजार र प्रा.ली.को २५ प्रतिशत साझेदारी रहेको छ ।

२०७६ सालदेखि निरन्तर लोकसेवा, शिक्षक सेवा तथा अन्य भाषाका कक्षाहरू समेत सञ्चालन गरिरहेको प्रफेक्टले वार्षिक रूपमा थुप्रै विद्यार्थी पास गराउँदै आएको छ ।

वडामा रहेका अति विपन्न परिवारका, सरकारी जागिरमा चासो राख्नेहरूलाई निःशुल्क कक्षामा सहभागी गराउने गरेको चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ५ : ४८ बजे

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ– कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी

भोजपुरको चखेवा–पाँचधारे सडक स्तरोन्नति

भोजपुर– बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको

सस्पेन्स थ्रिलर फिल्म जसरी ‘जारी २’बारे अड्कलेर बोल्छन् उपेन्द्र ! (अन्तर्वार्ता)

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै

काठमाडौं– असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति