हङकङसँग नेपाल पराजित « Khabarhub

 हङकङसँग नेपाल पराजित


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । शनिबार नेपाललाई ७३ रनले पराजित गर्दै घरेलु टोलीले प्रतियोगिताको उपाधि जितेको हो ।

हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १ सय ३९ रनमा समेटिएको छ । बिनोद भण्डारीले ४२, रोहित पौडेलले ३० र आरिफ शेखले ३८ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालको सुरुवात भने राम्रो रह्यो । उसले ३ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । त्यसपछि नेपालले थप २२ रन जोड्न बाँकी सबै विकेट गुमाएको हो ।  

सन्दीप जोरा २, गुलसन झा ८, विवेक यादव १, रासिद खान ३, प्रतिश जिसी शुन्य र आकाश चन्द २ रनमा आउट भए । सागर ढकाल शुन्य रनमा अविजित रहदाँ ओपनर कुशल भुर्तेल २ रनमा पोविलियन फर्किएका थिए ।

हङकङका अजाज खानले ४ विकेट चट्काए । इशान खान ३ तथा अतित इकबालनसरुल्ला राणाले समान एक एक विकेट हात पारे ।
शनिबार हङकङको मिसन रोड ग्राउन्डमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ५ : १७ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३