प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ « Khabarhub

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

आज विस्तार भएको मन्त्रिपरिषदमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र नवलकिशोर साह वन मन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले यादव र साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री दाहालले पहिलो पटक फागुन २१ र २३ गते दुई पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । यसअघि मन्त्रिपरिषदमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीबाट मन्त्री बनेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : २५ बजे

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष