भारतको शीर्ष निर्वाचन अधिकारीद्वारा राजीनामा « Khabarhub

भारतको शीर्ष निर्वाचन अधिकारीद्वारा राजीनामा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– आम निर्वाचनको अपेक्षित घोषणा हुनुभन्दा केही दिनअघि भारतको निर्वाचन आयोगका दोस्रो उच्च श्रेणीका अधिकारीले राजीनामा दिएको न्याय मन्त्रालयले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको खोजी गर्ने छन् ।

मानव इतिहासमा लोकतान्त्रिक मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्नका लागि भारतको निर्वाचन आयोगलाई आफ्ना तीन शीर्ष अधिकारीमध्ये एक जनालाई मात्र छाडेर अरुण गोयलले शनिबार राजीनामा दिएका छन् । अप्रिल–मेमा हुने निर्वाचनमा करिब एक अर्ब मानिस मतदान गर्न योग्य छन् ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गरेको कानून तथा न्याय मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले उनले राजीनामा गरेको कारण भने बताएको छैन । एनडिटिभी समाचार नेटवर्कले स्रोतलाई उद्धृत गर्दै गोयलले ‘व्यक्तिगत कारण’ देखाई राजीनामा दिएको उल्लेख गरेको छ ।

निर्वाचन आयोगमा अर्का अधिकारी गत वर्ष सेवानिवृत्त भए पनि उक्त पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले धेरै चरणमा हुने निर्वाचनको मितिको घोषणा आगामी साता गरिने सम्भावना रहेको बताएका छन् ।

प्रमुख विपक्षी दल कांग्रेसका महासचिव के.सी. वेणुगोपालले गोयलको राजीनामा चिन्ताको विषय भएको बताए । ‘निर्वाचन आयुक्त श्री अरुण गोयलले लोकसभा (संसदीय) निर्वाचनको ठिकअघि राजीनामा दिनु विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको स्वास्थ्यका लागि अत्यन्त चिन्ताजनक हो’, उनले भने, ‘निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले कसरी काम गरिरहेको छ र सरकारले कसरी उक्त संस्थामाथि दबाब दिएको छ भन्नेबारेमा कुनै पनि पारदर्शिता छैन ।’

धेरै जनमत सर्वेक्षणले आम निर्वाचनमा मोदी र उनको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले सजिलै जित हासिल गर्ने सङ्केत गरेका छन् । गत वर्ष एक प्यु सर्वेक्षणमा करिब ८० प्रतिशत भारतीयले मोदीलाई सकारात्मकरूपमा हेरेको पाइएको थियो ।

युगभले फेब्रुअरीमा सहरी मतदाताहरूमा गरेको सर्वेक्षणमा भाजपाले हरेक उमेर र लिङ्ग जनसाङ्ख्यिकीमा धेरै विपक्षी पार्टीमाथि सजिलै अगाडि बढिरहेको देखाएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : १६ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु