पशुपतिका साधुसन्तलाई स्तरअनुसारकाे दक्षिणा « Khabarhub

पशुपतिका साधुसन्तलाई स्तरअनुसारकाे दक्षिणा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधु सन्तलाई आज दक्षिणासहित बिदाइ सुरु गरिएको छ ।

आज बिहान ११ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए ।
उनका अनुसार साधु सन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गर्न लागिएको हो ।

उनले बाबाहरूलाई स्तरअनुसार एक हजारदेखि नौ हजारसम्म दिन लागिएको बताए ।

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरूलाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दान भेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ५७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल