‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ? « Khabarhub

‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ?


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ले बक्स अफिसमा अर्को ठूलो सफलता हासिल गरेको छ। प्रदर्शनको २१ दिनमै विश्वभर १ हजार ७५५ करोड ६० लाख रुपैयाँ कमाउँदै फिल्मले अल्लु अर्जुनको ‘पुष्पा २’लाई पछाडि पारेको छ । यससँगै ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ।

‘पुष्पा २’ले विश्वभर १ हजार ७४२ करोड १० लाख रुपैयाँ कमाएको थियो । ‘रामायण’ले यो आँकडा पार गरेसँगै अब तेस्रो स्थानमा रहेको ‘बाहुबली २’को रेकर्डतर्फ नजर लगाएको छ। ‘बाहुबली २’को विश्वव्यापी कमाइ १ हजार ७८८ करोड ६ लाख रुपैयाँ छ । त्यसलाई उछिन्न ‘रामायण’ले अझै ३२ करोड ४६ लाख रुपैयाँ कमाउनुपर्नेछ ।

फिल्मले २१औँ दिन भारतमा ९ करोड ६० लाख रुपैयाँ नेट कमाइ गरेको छ। यो प्रदर्शनपछि पहिलोपटक फिल्मको दैनिक कमाइ १० करोड रुपैयाँभन्दा तल झरेको हो। अघिल्लो दिन १७ करोड ५० लाख रुपैयाँ कमाएको फिल्मको बुधबारको कमाइ ४५.१ प्रतिशतले घटेको छ ।

हालसम्म ‘रामायण’ले भारतमा ९८२ करोड ५५ लाख रुपैयाँ नेट र १ हजार १७३ करोड ६० लाख रुपैयाँ ग्रस कमाएको छ । विदेशमा यसको कुल ग्रस कमाइ ५८२ करोड रुपैयाँ पुगेको छ ।

सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा ‘दंगल’ शीर्ष स्थानमा छ भने ‘धुरन्धर २’ दोस्रो र ‘बाहुबली २’ तेस्रो स्थानमा छन् । अब ‘रामायण’ले ‘बाहुबली २’लाई उछिनेर तेस्रो स्थानमा पुग्ने हो कि कमाइको गति सुस्त हुने हो, त्यसतर्फ बक्स अफिसको नजर रहनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : २४ बजे

३० वर्षपछि भुवन र अर्जुनजंगको पुनर्मिलन, कुन कथाले जोड्दैछ दुवैलाई?

काठमाडौं– नेपाली फिल्ममा कुनै समय सँगै देखिएका अभिनेता भुवन केसी

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ

‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ?

काठमाडौं– बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ले बक्स अफिसमा

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी

तेहरान- मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज

बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल

मनाङ- मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल गेग्रानले