नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न « Khabarhub

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो ।

विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले विजयी समूह क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा ली क्रिकेट क्लब दोस्रो भएको थियो ।

त्यस अवसरमा उपाध्यक्ष कोइरालाले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेर पाकिस्तानी राजदूतावासले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनाएकामा कृतज्ञता ज्ञापन गरे । उनले काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासले आयोजना गर्ने यो प्रतियोगिता समावेश भएको बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले नेपालका उदीयमान क्रिकेट क्लब र तिनका प्रतिभाशाली खेलाडीलाई प्रतियोगिताले प्रतिभा प्रस्फुरणको अवसर प्रदान गरेको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

समापन समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलम सरवार, नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमेद एल्गाब्ली, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन चौधरी, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी, क्रिकेट सङ्घ नेपालका महाप्रबन्धक उत्सव ढुङ्गाना, हिमालय बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जङ्गबहादुर राणा, वरिष्ठ पत्रकार नागरिक समाजका अगुवा तथा क्रिकेटप्रेमीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : ५४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज