चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको छ : सभामुख घिमिरे « Khabarhub

चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको छ : सभामुख घिमिरे


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना दिएका हुन् ।

सन्देशमा भनिएको छ– ‘नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ, हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन्, हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् ।’

सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताएका छन् ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : २५ बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले