प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप | Khabarhub Khabarhub

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न दलका सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको फागुन ३० गते बस्ने बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसहितका दलहरूसँग सहकार्य गरेपछि विश्वासको मत लिने तयारी गरेका छन् । पुनर्गठित नयाँ गठबन्धनमा माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादी रहेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १२ : ४८ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र