पूर्व मन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश | Khabarhub Khabarhub

पूर्व मन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपुर्व मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापति पनि थिइन ।

श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी, काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अवकाश प्राप्त विजय प्रताप शाह, नेपाली सेनाबाट अवकाश प्राप्त कृष्णजङ्ग बहादुर सिंह, व्यवसायी तथा समाजसेवी शुभाष बिष्ट लगायत दर्जनौँ ब्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए । 

नब-प्रबेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा  राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बिचार व्यक्त गरिन ।

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा  कामको जिम्मेवारी र भूमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ३ : ३३ बजे

बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला

घोडाघोडी– टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारबाही गरिने

काठमाडौं– कार्यालय समयमा चिकित्सकहरू उपस्थित नभएको पाइए कारबाही गर्ने स्वास्थ्य

पुस तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलले संशय

अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ

रौतहट – रौतहटस्थित अनुचित लेनदेन मिटरव्याजी कारोबार गर्ने गरेको आरोपमा