लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्ने « Khabarhub

लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्ने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिजेन्ड कप टी–१० क्रिकेटको फाइनलमा रेस्ट अफ नेपाल र २०१४ विश्वकप टिम खेल्ने भएका छन् ।

पहिलो खेलमा १९९६ लेजेन्डलाई ५ विकेट पराजित गर्दै २०१४ विश्वकप टिम फाइनलमा पुग्दा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाईलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देही लिजेन्ड्स १० ओभरमा २ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

सन्जय श्रेष्ठले २०, लालबहादुर अधिकारीले १९ र सन्जिव जोशीले १० रन जोडे पनि जितका लागि प्रयाप्त हुन सकेन । बलिङमा रेस्ट अफ नेपालका लक्पा लामा र राजु बस्न्यातले एकएक विकेट लिए ।

यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

रेस्ट अफ नेपालका लागी विकाश डलिले २१, दीपेन्द्र चौधरी १९, पारस लुनिया १४ र राजु बस्न्यातले १० रनको योगदान दिएका थिए ।

बलिङमा रुपन्देही लिजेन्ड्सका सुशन मन श्रेष्ठले ३, हरि थापा, कृशन कुवर र पुनित पोख्रेलले एक-एक विकेट लिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ३ : ४६ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा