दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु | Khabarhub Khabarhub

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

खलङ्गाभिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भीरबाट लडेका थिए । 

जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भीरबाट करिब एक सय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय कुँवर अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला हतकडीसहित भागेका थिए । कुँवरलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । प्रहरी हिरासतबाट भागेका कुँवर हतकडीसहित महाकाली नदी पार गरी भारत पुगेका थिए । कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको जनाइएको छ । 

गत माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । 

कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गर्न सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नालाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : २५ बजे

पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने

बागमती– हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट

देउवाको गृहप्रदेशमा कोइरालालाई बाजागाजासहित स्वागत

काठमाडौं– नेपाली कांग्रेसको आशन्न १५औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन

तीन पटक टेन्डर रद्द, बोलपत्र गरिए पनि निर्माण हुने छैन ग्यारेन्टी

काठमाडौं- क्रिकेटका अन्तर्राष्ट्रिय म्याचका लागि सम्पूर्ण मापदण्ड पूरा भएको नेपालको

रैथाने बाली विकासमा मन्त्रालय लागि परेको छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली