राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने « Khabarhub

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रीत आन्दोलन चैत्र २७ गते गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत्र १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रीत जनप्रदर्शनसहितको आन्दोलन एसइईका कारण चैत्र २७ गतेलाई सार्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

त्यस्तै बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा बिपक्षमा मत दिने निर्णय गरिएको अध्यक्ष लिङ्देनले बताए । उनले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गनुपर्ने अवस्था आए पार्टी अध्यक्षले उपयुक्त निर्णय लिनसक्ने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै उनले पार्टी नेता ठाकुर मोहन श्रेष्ठमाथि भएको आक्रमणप्रति खेद व्यक्त गर्दै थप अनुसन्धान गरि ४८ घण्टाभित्र प्रतिवेदन पेश गर्न अनुशासन समितिलाई निर्देशन दिइएको बताए ।

त्यस्तै इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी सहभागी हुने र उम्मेद्वार छनौटका लागि सम्बन्धी क्षेत्रका अध्यक्षलाई सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेका अध्यक्ष लिङ्देनले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र