त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल | Khabarhub Khabarhub

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि-२० सिरिजको आज हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेर पिएनजीले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

यो खेल बिहान केही बेरमा हङकङको मोङ कोक मैदानमा सुरु हुँदैछ। हङकङ भ्रमणमा पुगेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्।

आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन्। यो सिरिज बुधबारसम्म चल्नेछ।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।

क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अघि शनिबार घरेलु टोली हङकङसँग खेलेको फ्रेन्डसिप कपमा नेपाल पराजित भएको थियो। फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा जितका लागि घरेलु टोली हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा १३९ रनमा समेटिएको थियो।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ४६ बजे

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं– मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न

गौशालामा पुरुषको शव फेला

मटिहानी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार