धुर्कोटको 'विचित्र गुफा' मा विदेशी पर्यटक | Khabarhub Khabarhub

धुर्कोटको ‘विचित्र गुफा’ मा विदेशी पर्यटक


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

गुल्मी– धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । 

धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताए। 

पहिलो पटक गुफा पुग्नुभएकी ८२ वर्षीय  फ्रान्सेली नागरिक मार्गट लेनदेन गुफा हेरेपछि आफू निकै खुसी भएको बताए। निकै सुन्दर र रमणीय ठाउँ भएको भन्दै उनले आफू स्वदेश फर्केपछि अरू साथीहरूलाई पनि यसको महत्व र सुन्दरताका बारेमा जानकारी गराउने बताए । गुफाभित्र देखिएका दृश्य साह्रै आकर्षक र भिन्नभिन्न आकृतिले प्राकृतिक रुपमा सजिएको उनको भनाइ थियो । गुफामा पुगेका पर्यटकले भजन गीतको तालसँगै नाचगान गरेर एकापसमा खुसी साटासाट गरेका थिए । 

गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट-५ अन्तर्गत वस्तुमा यो गुफा रहेको छ । विसं २०४५ मा बारीमा मकै खान गएको बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाएका थिए  । विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

पछिल्लो समयमा यसको प्रचारप्रसार स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेपछि विदेशी पर्यटकको समेत आगमन हुन थालेको हो । विभिन्न समयमा एक-दुईजना काम विशेषले आएको समयमा फाटफुट रुपमा विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि यस पर्यटककै रुपमा गुफा हेर्नका लागि यति धेरै फ्रान्सेली नागरिक आएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए। 

गाउँपालिकाको आग्रहमा अरविन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरु आश्रमका गुरु रामचन्द्र दासको नेतृत्वमा टोलीले गुफाको अवलोकन गरेको हो । गुफाको लम्बाइ एक सय ८५ मिटर र चौडाइ तीन सय ५० मिटर रहेको छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । 

स्थानीयका अनुसार विसं २०४५ को असारमा गुफा पत्ता लागेको हो । गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । गुफाको भित्तामा देखिने धार्मिक महत्व बोकेका विभिन्न आकृतिका चित्रले थप आकर्षण बढाएको छ । 

गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी रकम लगानी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए। उक्त गुफा सदरमुकाम तम्घासबाट १८ किलोमिटरको दूरीमा पर्दछ । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : १७ बजे

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभा– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९