'स्पञ्ज आइरन' र 'बिलेट'को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन | Khabarhub Khabarhub

‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो । 

उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी महतो कोइरी र सूर्यमान तामाङ रहेका छन् । 

समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

समितिका सभापति खानले भने, ‘सुर्ती, खैनी तथा गुट्खा उद्योगको पूँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल भएको थियो । नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्र्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रूपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद लक्ष्मी महतो कोइरीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने उद्योगमा लगानी गर्न नहुने बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले स्थानीय तहले सुर्ती, गुट्खाजन्य कुराको बन्द गर्ने तर संघीय सरकारले उत्पादनको क्षमतामा वृद्धि गर्ने जस्ता निर्देशन दिने कुरा बाझिएको बताए ।

नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले नयाँ उद्योगलाई सुर्तीजन्य उत्पादनको क्षमता बढाउनुभन्दा जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : २६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन