‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन « Khabarhub

‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो । 

उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी महतो कोइरी र सूर्यमान तामाङ रहेका छन् । 

समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

समितिका सभापति खानले भने, ‘सुर्ती, खैनी तथा गुट्खा उद्योगको पूँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल भएको थियो । नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्र्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रूपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद लक्ष्मी महतो कोइरीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने उद्योगमा लगानी गर्न नहुने बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले स्थानीय तहले सुर्ती, गुट्खाजन्य कुराको बन्द गर्ने तर संघीय सरकारले उत्पादनको क्षमतामा वृद्धि गर्ने जस्ता निर्देशन दिने कुरा बाझिएको बताए ।

नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले नयाँ उद्योगलाई सुर्तीजन्य उत्पादनको क्षमता बढाउनुभन्दा जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : २६ बजे

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका