प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न नाउपाको ह्वीप « Khabarhub

प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न नाउपाको ह्वीप


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

उनले  चारै जना सांसदलाई अनिवार्य उपस्थिति हुन र प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न निर्देशन समेत दिइन ।

‘भोलि ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ९निर्देशन० ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो। यससँगै प्रधानमन्त्री दाहाल फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : २७ बजे

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी

कांग्रेसको निर्वाचन निर्देशिका सार्वजनिक, छुटेकालाई अझै मतदाता नामावलीमा समेटिने

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो आगामी १५औं महाधिवेशनलाई व्यवस्थित र मर्यादित

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

काठमाडौं– सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय