समृद्धिको लक्ष्य साकार गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

समृद्धिको लक्ष्य साकार गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न क्रियाशील रहेको बताएका छन् ।

आजदेखि सुरू भएको रमजान पर्वका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गरी राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएको उल्लेख गरे । उनले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता प्रवद्धन तथा राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएका बताए ।

प्रधानमन्त्री दाहालले एक महिनासम्म मनाइने रमजान पर्वमा महिनाभरिमा इस्लाम धर्मावलम्बी सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने उल्लेख गरे । रमजान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भावजस्ता पवित्रताका अभ्यासको संयोजनका रुपमा रहेको बताए ।

प्रधानमन्त्री दाहालले रमजानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्नेसमेत गरिने उल्लेख गरे । यसपर्वले मानिसलाई सत्मार्गमा डो¥याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीलगायत समस्त दिदीबहिनी तथा दाजुभाइमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले यस पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ३८ बजे

युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल

काठमाडौं – स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

मोरङ– बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै