निद्रामा झस्किने समस्या किन हुन्छ, हटाउन के गर्ने ? « Khabarhub

निद्रामा झस्किने समस्या किन हुन्छ, हटाउन के गर्ने ?


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निन्द्रामा कहिलेकाहीँ झस्केको अनुभव गर्नु भएको छ होला । यो के भएको होला त ? यो साँच्चैमा एउटा स्वास्थ्य समस्या त हैन ! यो आम मान्छेको मनमा आउने प्रश्न हो । यो समस्यालाई यही कारणले हुन्छ भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन ।

सामान्य भाषामा कतिपयले यस्तो मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ भनेर पनि भन्ने गर्छन् ।

राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

कहिलेकाहीँ शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ ।

मानसिक तनाव भएका व्यक्ति वा अधिकांश चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुँदा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनैपसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाहीँ पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरू निद्रामा झस्किने गर्दछन् ।

अझ रक्सी र लागूऔषध धेरै खाने मानिसहरूमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

यसरी बच्न सकिन्छ ?
सबै भन्दा पहिला निद्रामा झस्किने आफ्नो बानी छ या छैन भनेर जान्न जरुरी हुन्छ । साना बालबालिकालाई त परिवारका सदस्यले थाहा पाउने गर्छन् तर ठूला व्यक्तिहरूले आफूले यो थाहा पाएर त्यसको समाधान तिर लाग्नु पर्छ ।

– दैनिक रूपमा बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।
– सुत्ने बेलामा कफी, रक्सी, धुमपान सेवन नगर्ने ।
– सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी हटाउने ।
– सुत्ने कोठामा बत्ती नबाल्ने, बाल्नु परे पनि कम चम्किलो बत्ती मात्र बालेर निदाउने ।
– चिन्ता र तनाव कम गरेर सुत्ने ।
– दैनिक रूपमा बिहान कम्तीमा आधा घण्टा शारीरिक व्यायाम गर्ने वा हिँड्ने बानीको विकास गर्ने ।
– दिउँसो सुत्ने बानी हटाउने र आफूलाई दिनभर व्यस्त राख्ने गरेमा सही रूपले निन्द्रा लाग्छ र यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
श्रोतः  विभिन्न एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ३३ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै