अर्को नायकले अस्वीकार गरेको फिल्मबाट सुरु भएको शाहरुखको यात्रा « Khabarhub

अर्को नायकले अस्वीकार गरेको फिल्मबाट सुरु भएको शाहरुखको यात्रा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शाहरुख खानले सन् १९९२ मा प्रदर्शनमा आएको फिल्म ‘दिवाना’बाट प्राविधिकरुपमा बलिउडमा डेब्यू गरेका हुन् । सो फिल्ममा नायक ऋषि कपुर र दिव्या भारती मुख्य भूमिकामा रहे पनि शाहरुख दर्शकको नजरमा पर्न सफल भए ।

बलिउडको सबैभन्दा ठूलो स्टार बन्न शाहरुखले ‘दिवाना’बाट यात्रा तय गरेका हुन् । तर यस फिल्ममा शाहरुख निर्देशकको पहिलो रोजाइमा थिएनन् । अर्का अभिनेताले फिल्म अस्वीकार गरेपछि उनको लागि बाटो खुलेको थियो ।

फिल्मका निर्देशक राज कँवरले अहिलेका टेलिभिजन स्टार अविनाश वाधवानलाई प्रस्ताव गरेका थिए । अविनाशले एक अन्तर्वार्तामा सोलो फिल्म गर्ने रुचि भएका कारण सो फिल्म अस्वीकार गरेको खुलाएका छन् ।

उनले भने, ‘राज आएर मलाई यो हिरो भएको फिल्म बनाउँदै छु । एउटा हिरो ऋषि कपुर तय भइसकेका छन् । दोस्रोमा तिमीलाई प्रस्ताव गर्न आएको हुँ भनेका थिए । मैले सोलो फिल्म गर्छु भनेको थिएँ ।’

सोलो फिल्म गर्ने हुटहुटीले निर्देशक राजले विभिन्न कोशिश गर्दा पनि अनुबन्ध हुन अस्वीकार गरेको उनको दाबी छ । अरु प्रोजेक्टमा व्यस्त भएकाले समेत यो फिल्ममा काम गर्न समय नपुगेको उनी बताउँछन् ।

उनी थप्छन्, ‘राजुले दबाब दिए पछि मैले एक वर्षपछिको समय मागेँ । मेरो आठौँ फिल्म छायाङ्कनमा थियो ।’

अविनाशले अस्वीकार गरेपछि अभिनेत्री दिव्या भारतीको सुझावमा राजले शाहरुखलाई भेटेका थिए । दिव्या र शाहरुखले फिल्म ‘दिल आसना है’ काम गरिसकेका थिए । सो फिल्मको छायांकन पहिला नै भए पनि ‘दिवाना’ पहिला प्रदर्शनमा आएको थियो ।

‘दिवाना’ प्रदर्शनमा आएको चार महिनापछि ‘दिल आसना है’ हलमा लागेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ३९ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा