कसरी राजनीतिमा आएकी थिइन सुष्मा स्वराज | Khabarhub Khabarhub

कसरी राजनीतिमा आएकी थिइन सुष्मा स्वराज


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ । राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । हृदयघात भएपछि अस्पताल पुर्‍याइएकी उनको मृत्यु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । निकै हक्की र भारतलाई विश्वमा प्रतिनिधित्व गराउनका लागि विदेशमन्त्रीको रुपमा उनले निकै प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् ।

यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् ।

को थिइन सुष्मा स्वराज

सुष्माको जन्म १४ फेब्रुअरी १९५२ मा हरियाणामा भएको हो। उनका बुबा हरदेव शर्मा आरएसएसका प्रमुख सदस्य थिए। उनले पञ्जाब विश्वविद्यालयबाट कानून विषयमा डिग्री हासिल गरेकी थिइन्। १९६३ मा उनले सर्वोच्च अदालतमा वकिलको रुपमा काम थालिन्। त्यही क्रममा २ वर्षपछि उनले साथी वकिल स्वराज कौशलसँग बिहे गरिन्।

भारतको संकटकालका बेला उनी जनता पार्टीकी सदस्य बनिन्। सन् १९७७ देखि १९८२ सम्म उनी हरियाणा विधानसभाकी सदस्य समेत रहिन्। २५ वर्षमै उनले अंबालामा जित हासिल गरेकी थिइन्।

१९८०मा भारतीय जनता पार्टी गठन भएसँगै उनी पार्टीसँग आवद्ध भइन्। सन् १९८७ देखि १९९० सम्मका कुनैपनि विधानसभामा उनी छुटिनन्। १९९० मा उनलाई राज्यसभाको सदस्य बनाइयो।

१९९६ मा उनले दिल्ली संसदीय क्षेत्रबाट चुनाव जितिन्। त्यसले उनलाई १३ दिनको वाजपेयी सरकारमा सुचना तथा प्रसारण मन्त्री बनायो।

१९९८ मा पुन: दिल्ली संसदीय क्षेत्रबाट चुनाव जितेकी उनी फेरि वाजपेयी सरकारमा दूरसंञ्चार मन्त्रीका साथसाथै सूचना तथा प्रसारणमन्त्रीको पनि जिम्मेवारी पाइन्। यसैबेला उनले भारतीय चलचित्र बजारलाई उद्योगका रुपमा विकास गरिन्।

अक्टोबर १९९८ मा सुष्मा दिल्लीकी पहिलो मुख्यमन्त्री बनिन्। अर्को महिना विधानसभाबाट राजीनामा दिदैँ उनी राष्ट्रिय राजनीतिमा होमिइन्।

सन् १९९९ मा उनले तत्कालिन कंग्रेसकी अध्यक्ष सोनिया गांधीविरुद्ध कर्नाटकको बेल्लारी निर्वाचन क्षेत्रबाट चुनाव लडिन्। उनले पराजय भोग्नुपर्यो।

तर २००० मा उनी उत्तरप्रदेशबाट राज्यसभामा पुगिन्। उनलाई सुचना तथा प्रशारण मन्त्रीको जिम्मेवारी दिइयो। यस्तै २००३ मा उनी स्वास्थ्य परिवार कल्याण तथा संसदीय मामिला मन्त्री बनेकी थिइन्।

२००९ मा उनले विदिशा लोकसभा क्षेत्रबाट चुनाव जितिन्। १५औं लोकसभामा उनी लालकृष्ण आडवानीको स्थानमा विपक्षको नेता चुनिइन्। २०१४ मा मोदी सरकारको जितपछि उनी भारतको पहिलो महिला विदेशमन्त्री बनिन्।

२०१९ मा भएको आम निर्वाचनमा भाजपाले बहुमतका साथ जितेपनि स्वास्थ्यस्थिति ठीक नभएका कारण उनले कुनैपनि पदमा नबस्ने घोषणा गरेकी थिइन्।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : २६ बजे

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि

म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू र