एक वर्षमा झण्डै एक हजार वकिल उत्पादन ! « Khabarhub

एक वर्षमा झण्डै एक हजार वकिल उत्पादन !

खुला विश्वविद्यालयबाट २२ जना उत्तीर्ण


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय कानूनी शिक्षामा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । यसवर्ष मात्रै करिब एक हजार विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेको तथ्यले यो शंकायमा बढ्दो आकर्षणलाई स्पष्ट पारेको हो ।

यसवर्ष विभिन्न विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीमध्ये ९४५ जनाले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने  पूरक परीक्षाबाट २२ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा सफल बनेका छन् । दुबैतर्फको संख्या जोड्दा ९६७ पुग्छ ।

नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले हरेक वर्ष अधिवक्ताको लाइसेन्सका लागि परीक्षा लिने गर्दछ । लिखित र मौखिक परीक्षा उतीर्ण गर्ने परीक्षार्थीहरुले अधिवक्ताको लाइसेन्स पाउँछन् ।

अधिवक्ताको लाइसेन्सका लागि लिइने परीक्षामा यसवर्ष झण्डै एक हजार परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गरेमा देशले झण्डै एक हजार नयाँ वकिलहरु पाउने छ ।

नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीर्ण भएका छन् । उनीहरुको मौखिक परीक्षा चैत २ गते हुने काउन्सिलले जनाएको छ ।

काठमाडौं बाहिरका परीक्षार्थीहरुका लागि काउन्सिलको प्रदेश कार्यालयमा सम्पर्क गर्न भनिएको छ भने काठमाडौंको हकमा बार काउन्सिलको कार्यालय कुपण्डोलमा सम्पर्क गर्न भनिएको छ ।

खुला विश्वविद्यालयबाट ५ जना

नेपाल खुला विश्वविद्यालय र अन्य विश्वविद्यालयबाट  कानूनमा स्नातक (एलएलबी) उत्तीर्ण गरेका २२ जना विद्यार्थीले पूरक लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब चैत १४ गते हुने अन्तरवार्तामा उत्तीर्ण भएपछि उनीहरु औपचारिकरुपमा अधिवक्ता बन्ने छन् ।

पूरक परीक्षामा ७५ परीक्षार्थी सहभागी भएकामा २२ जनाले लिखित परीक्षा उत्तीर्ण गरे । तीमध्ये खुला विश्वविद्यालयबाट ९ जनाले परीक्षा दिएका थिए, ५ जना उत्तीर्ण भए

नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले लिएको पूरक परीक्षामा खुला विश्वविद्यालय र  अन्य विश्वविद्यालयबाट ७५ जना परीक्षार्थीहरु सहभागी थिए । ८३ जनाले पूरक परीक्षा फर्म भरेको भएता पनि ८ जना परीक्षामा सहभागी भएनन् ।

परीक्षामा सहभागी कुल ७५ मध्ये थोरै संख्यामा अर्थात, २२ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । तीमध्ये खुला विश्वविद्यालयबाट ९ जनाले परीक्षा दिएका थिए, जसमध्ये ५ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब उनीहरुको अन्तरवार्ता चैत १४ गतेका लागि तोकिएको बार काउन्सिलले जनाएको छ ।

(भुल सुधार- यसअघि खुला विश्वविद्यालयबाट २२ जना उत्तीर्ण भन्ने पर्न गएकोमा सच्याइएको छ । खुला विश्वविद्यालयबाट ९ जनामात्र परीक्षार्थी रहेको र ५ जना उत्तीर्ण भएको पाइएको छ ।)

कानूनमा स्नातक उत्तीर्ण गरिसकेपछि औपचारिकरुपमा वकालत पेशा गर्नका लागि बार काउन्सिलले लिने परीक्षा उत्तीर्ण गरेपछि मात्र अधिवक्ताको लाइसेन्स पाइन्छ ।
यसअघि खुला विश्वविद्याययबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई काउन्सिलले परीक्षामा सामेल नगराएपछि विवाद भएको थियो ।

विद्यार्थीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएर आदेश आएपछि बल्ल बार काउन्सिलले ३१ औं अधिवक्ता तहको पूरक परीक्षा लिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ११ : ०६ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको