प्रचण्डलाई पाण्डेको प्रश्न : ओलीजी र देउवाजीले घाटी जोडेमा तपाईँको हालत के हुन्छ ? « Khabarhub

प्रचण्डलाई पाण्डेको प्रश्न : ओलीजी र देउवाजीले घाटी जोडेमा तपाईँको हालत के हुन्छ ?


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले र कांग्रेस मिल्ला प्रधानमन्त्रीको हालत के हुन्छ भन्दै प्रश्न गरेका छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले साे प्रश्न गरे ।

उनले भने, ‘कठिन परिस्थितिमा विद्रोह गरेर एकीकृत समाजवादीले सघायो । तर फागुन २१ गते चार दलीय गठबन्धन बनाउनुभएछ । सँगै हिनेको सहयात्री रुखको ठुटोजस्तो बेवारिसे बनाएर खोलामा छोड्नु भएछ । ’ 

उनले जनतामा प्रधानमन्त्रीप्रतिको विश्वास पनि घटेर गएको बताए । 

उनले भने, ‘ओली जी र शेरबहादुर जीले घाटी जोडे भने तपाईँको के हालत हुन्छ । त्यो कुरा पनि ख्याल गर्नुहोला  ।’ 

उनले संसद् विकास कोषको व्यवस्था बजेटमा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ११ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका