कश्मीर तनावले चीन र भारतबीच ‘वाक-युद्ध’ चर्कियो « Khabarhub

कश्मीर तनावले चीन र भारतबीच ‘वाक-युद्ध’ चर्कियो


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतले धारा ३७० खारेज गर्दै जम्मू कश्मीरलाई टुक्राएको विषयमा भारत र चीनबीच ‘बाक युद्ध’ चर्किएको छ । भारतीय यो कदमको चीनले असन्तुष्टी जनाएपछि भारतले त्यसको प्रतिवाद गरेको छ ।

चीनले चिनियाँ सीमाको पश्चिमतर्फको आफ्नो भूभाग भारतले आफ्नो प्रशासनभित्र पारेको प्रसंगमा मंगलबार टिप्पणी गर्न आग्रह गर्दा भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीसकुमारले भनेका छन्,‘‘जम्मु काश्मीर ‘रिअर्गनाइजेसन बिल २०१९’भारतको भूभागसँग सम्बन्धित आन्तरिका मामिला हो ।

भारतले अरु देशको आन्तरिक मामिलाबारेमा प्रतिक्रिया दिन चाहँदैन । अरु देशले पनि त्यसै गरुन् भन्ने चाहन्छ ।”

चीनले भारतले सीमाको पश्चिम क्षेत्रमा रहेको चिनियाँ भूभागलाई आफ्नो प्रशासन भित्र पारेको भन्दै आपत्ति जनाएको हो । चिनियाँ विदेश प्रवक्ताले मंगलबार बेइजिङमा यसले चीनको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा असर पर्ने समेत जनाएकी छन् ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार उनले सो अवसरमा यो अस्वीकार्य र गैरकानुनी भएको बताएकी छन् । उनको संकेत काश्मीरको लद्दाख क्षेत्रतर्फ रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : २८ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग