सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्  । 

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए।

प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन् ।

प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ३५ बजे

सांसदको काम थिति बसाल्ने हो : उपसभापति वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

नेपालगञ्ज–  बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा नख्खु कारागारमा रहेका

टीआईए बास्केटबल भोलिदेखि

एजेन्सी – ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १७ औं