मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह « Khabarhub

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

गोदार– मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुरप्रसाद साह नियुक्त भएका छन् ।

सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा. साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गरेका थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो । रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।

 मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा. रमेशप्रसाद सिंह (सर्लाही), डा. योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशङ्कर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट), डा. अङ्कुरप्रसाद साह (धनुषा) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए  ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ५१ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ