जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार : माधव नेपाल | Khabarhub Khabarhub

जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार : माधव नेपाल


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार गरिएको बताएका छन् ।

शनिबार पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको फागु पूर्णिमा तथा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको कार्यदलले शनिबार शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको भन्दै जनताको निराशालाई चिर्दै भरोसा गराउन सरकार अघि बढ्ने गरि कार्यक्रम तयार पारिएको जानकारी दिए ।

भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्ने, विभिन्न स्रोत साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने विषयमा साझा न्यूनतम कार्यक्रममा उल्लेख रहेको उनले बताए । अध्यक्ष नेपालले अहिले पदका लागि नभई मुलुकको समृद्धिका लागि सत्ता समिकरण परिवर्तन भएको धारणा राखे ।

अहिले संविधान र मुलुकको विभिन्न उपलब्धीलाई समाप्त पार्ने काम भइरहेको भन्दै एकतावद्ध भएर यसको प्रतिकार गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्ने कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित नहुने जिकिर गरे ।

उनले जेठ ३ देखि ७ गते सम्म पार्टीको १० औं महाधिवेशन गर्ने तयारीमा रहेको भन्दै तयारीको सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणको देशव्यापी अभियानमा जुटेको बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  २ : १९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते