देशको आर्थिक सुधार पहिलो प्राथमिकता हो : मन्त्री राई | Khabarhub Khabarhub

देशको आर्थिक सुधार पहिलो प्राथमिकता हो : मन्त्री राई


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौंखानेपानीमन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक अवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा सम्पर्क मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा उनले विकास निर्माणका कामलाई तीव्र गतिमा अगाडि बढाउन आर्थिक अवस्था सुधार हुनुपर्ने बताए ।

‘मैले धनकुटाका जनताको मेहनत, परिश्रम र सहयोगबाट चुनाव जितको हुँ । म सेवक भएर जनताका पक्षमा काम गर्नेछु । यसमा जिल्लावासीका साथै आमनागरिकको सुझाव आवश्यक छ’, मन्त्री राईले भने। उहाँले प्रभावकारी कार्यसम्पादनका लागि सबैको सुझाव आवश्यक रहेको भन्दै सकारात्मक सुझाव दिन सबैलाई आग्रह गरे ।

कोशी प्रदेशसभाका सांसद निरन राईले आफ्नो क्षेत्रबाट मन्त्री भएका खानेपानी मन्त्री राईलाई धनकुटाको समृद्धिमा योगदान हुनेगरि काम गर्न अनुरोध गरे। सोही अवसरमा मन्त्री राईले विसं २०८१ को भित्तेपात्रो लोकार्पण गरेका थिए।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ३ : ०४ बजे

केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया 

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

महोत्तरी– मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा

एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना

हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मङ्गलबार