काठमाडौंमा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न « Khabarhub

काठमाडौंमा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोधिसत्व इन एक्सन् (बीआइए_ इन्स्टिच्युटको आयोजनामा अपांगता भएका व्यक्तिहरूको सहभागितामा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ । आज भएको पाँच किमी लामो दौड प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्यूरोड गेट, रानीपोखरी, जमल, दरबारमार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो । 

प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहको अलगअलग प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब दुई सय जनाको सहभागिता थियो ।

प्रतियोगिता उद्घाटनमा अन्तर्राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी सङ्युक्त राज्य अमेरिकी विशेष सल्लाहकार सारा मिङ्कारा, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनलगायत सहभागी भएका थिए । कार्यक्रममा मिंकाराले अपाङ्गता भएका व्यक्तिको महत्व अभिवृद्धि गर्ने समुदाय निर्माणमा खेलकुदको भूमिकाबारे चर्चा गरे। 

मिङ्काराले अपाङ्गता भएका व्यक्तिलाई सीप र रोजगारीसम्बन्धी तालिम प्रदान गर्ने, उनीहरूलाई आफ्नो समुदायमा पूर्णरूपमा सहभागिताका लागि सक्षम बनाउन बीआइएको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरिन्। अपाङ्गता भएका व्यक्ति मैदानमा देखिँदा उनीहरूमा सहभागी हुने आत्मविश्वास बढ्ने बताउँदै उनले यसप्रकारको खेलकुदले सहभागितामा फराकिलो सामाजिक अवरोध कम गर्न मद्दत गर्ने बताइन्।

विशेष सल्लाहकार मिङ्काराले विश्वभर अपाङ्गता भएका व्यक्तिको अधिकार र स्वतन्त्रताको क्षेत्र प्रचार गर्छन् । मिंकारा हाल आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा आएका हुन्। 

भ्रमणका क्रममा उनले सरकारी अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्ने नागरिक समाज संस्थाहरू र अमेरिकी सरकारको शैक्षिक आदानप्रदान कार्यक्रमका सहभागीसँग भेटघाट गर्नुका साथै युएसएआइडी नेपालको समावेशी विकासलाई अगाडि बढाउन साझेदार संस्थासँग कामका बारेमा जानकारी लिइरहेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : २७ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा