सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री « Khabarhub

सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताएका छन्।

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाए।

‘सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ’, प्रधानमन्त्रीले भने, ‘अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु ।’ उनले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खुसी व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिएका थिए । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आएका उनी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक भए। उनले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : ३६ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल