भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँः माधव नेपाल « Khabarhub

भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँः माधव नेपाल


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताए । आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनजले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले जनतामा नेता र दलप्रति नकारात्मक प्रभाव परिरहेकाले जनताका आधारभूत समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। 

उनले भने, ‘जनतामा पछिल्लो समय बढेको निराशालाई घटाउने र घटेको भरोसालाई बढाउनुपर्ने दायित्व हाम्रै हो, हामीले भरोसालाई चिर्दै नागरिकमा भरोसा जगाउने संकल्प लिएर अघि बढेका छौँ ।’ उनले मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले यहीमार्फत देशलाई समृद्ध बनाउनुपर्ने तर्क गरे। 

‘देशलाई पश्चगामी दिशातर्फ लैजाने सोच कसैले बनाएको छ भने, त्यो दिवासपना मात्रै हो, अग्रगामीको एकताले मुलुकलाई अग्रदिशातर्फ लम्काइरहेको छ’, उनले भने। वामपन्थी विचारधारा मिलेकाले वर्तमान गठबन्धन सरकारमा सामेल भएकोसमेत उनले प्रष्ट्याए । अध्यक्ष नेपालले फरक प्रसङ्गमा अन्य दलसँग आफ्नो पार्टी एकता हुने भ्रम नफैलाउन आग्रह गरे । 

कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव गङ्गालाल तुलाधर, केन्द्रीय सदस्यद्वय टोकबहादुर वाइबा र लक्ष्मण लम्साल तथा नेकपा ९माओवादी०का जिल्ला संयोजक भोला अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लाध्यक्ष प्रविण धिताल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।  

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ११ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच