नेसपा विवाद : बाबुराम पक्षले खारेज गर्‍यो यादव पक्षले गरेको एकता « Khabarhub

नेसपा विवाद : बाबुराम पक्षले खारेज गर्‍यो यादव पक्षले गरेको एकता


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको भट्टराईको सचिवालयको भनाइ छ ।

नेसपा दोस्रो वर्यताका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकता गरेको पत्र आएको थियो ।

पत्रमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सह अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले निर्णय गरेका थिए ।   सहमतिमा भने माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका थिए ।

नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन् भने बागमती र गण्डकी प्रदेशसभामा पनि १–१ सांसद छन् । उनीहरू सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

तर यादवलाई पार्टीबाट हटाएर सांसद पद पनि खारेज गर्ने प्रक्रिया अगाडि बढेको छ । तर उनी माओवादी केन्द्रको निर्वाचन चिन्हबाट चुनाव लडेका थिए ।

यता यादव पक्षले पनि छुट्टै अनौपचारिक बैठक राखिरहेको बताइएको छ  ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ५९ बजे

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा