स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि जोआओ फेलिक्सले, रोबर्ट लेवान्डोस्कीफर्मिन लोपेजले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा जोआओले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४७औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ६५औँ मिनेटमा लोपेजले गरेको गोलसँगै बार्सिलोना ३–० गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना २९ खेलबाट ६४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको एट्लेटिको ५५ अंकसहित पाँचौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ७२ अंक छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ३४ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम– बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई

श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ

सुर्खेत– सुर्खेतमा श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमानलाई प्रहरीले

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

सुदूरपश्चिम– बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको