स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि जोआओ फेलिक्सले, रोबर्ट लेवान्डोस्कीफर्मिन लोपेजले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा जोआओले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४७औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ६५औँ मिनेटमा लोपेजले गरेको गोलसँगै बार्सिलोना ३–० गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना २९ खेलबाट ६४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको एट्लेटिको ५५ अंकसहित पाँचौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ७२ अंक छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ३४ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार