सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट प्रमाण नष्ट हुने डर छ : गगन थापा « Khabarhub

सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट प्रमाण नष्ट हुने डर छ : गगन थापा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा महरा पक्राउ परेकोमा धन्यवाद दिएका हुन् ।

उनले भने, शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’

थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए  सुन काण्ड फासफुस हुने उल्लेख गरे। उनले आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्न नहुने भन्दै सही विषयमा सरकारलाई पूर्ण साथ रहने समेत बताए ।

सांसद थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आफैं मुछिएको मुद्दामा कसरी अनुसन्धान गर्नसक्छन् भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने आशंका र डर बढेको बताए ।

सुन काण्डमा सरकारले जुन किसिमको काम सुरु गरेको छ सहकारी ठगीमा प्रकरणमा पनि जो संलग्न छन् तिनीहरूमाथि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ४२ बजे

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान