सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट प्रमाण नष्ट हुने डर छ : गगन थापा | Khabarhub Khabarhub

सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट प्रमाण नष्ट हुने डर छ : गगन थापा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा महरा पक्राउ परेकोमा धन्यवाद दिएका हुन् ।

उनले भने, शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’

थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए  सुन काण्ड फासफुस हुने उल्लेख गरे। उनले आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्न नहुने भन्दै सही विषयमा सरकारलाई पूर्ण साथ रहने समेत बताए ।

सांसद थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आफैं मुछिएको मुद्दामा कसरी अनुसन्धान गर्नसक्छन् भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने आशंका र डर बढेको बताए ।

सुन काण्डमा सरकारले जुन किसिमको काम सुरु गरेको छ सहकारी ठगीमा प्रकरणमा पनि जो संलग्न छन् तिनीहरूमाथि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ४२ बजे

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई