आईसीसीको खेलाडी बरियतामा पारसको छलाङ, धोनीलाई पछि पारे « Khabarhub

आईसीसीको खेलाडी बरियतामा पारसको छलाङ, धोनीलाई पछि पारे


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् ।

नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए ।

केही समय अगाडि मलेसिया र सिंगापुरमा उनले गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको बरितयामा अगाडि आउन सफल भएका हुन् । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि छन् ।

यस्तै ब्याटिङमा पनि कप्तान खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन् । धोनी ६७ औं स्थानमा रहेका छन् । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औं स्थानमा छन् ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा एथावत छन ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : ०८ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष