भारतमा अप्रिलदेखि जुनसम्म निर्वाचन हुने | Khabarhub Khabarhub

भारतमा अप्रिलदेखि जुनसम्म निर्वाचन हुने


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अप्रिल १९ देखि जुन १ सम्म हुन लागेको भारतको आमनिर्वाचनमा करिब सन्तानब्बे करोड भारतीय नागरिक मतदान गर्न योग्य देखिएका छन् । यो सङ्ख्या विश्वव्यापी जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो यसको नतिजा घोषणा ४४ दिनपछि जुन ४ मा मात्र सार्वजनिक हुनेछ ।

विशाल आकार र विश्वको सबैभन्दा धेरै जनसङ्या भएकाले गर्दा भारतको निर्वाचन चरणवद्धरूपमा लामो समयको अन्तरालमा सम्पन्न हुन्छ । बेलायती शासनबाट स्वतन्त्र भएपछि सन् १९५१–५२ मा भएको भारतको पहिलो निर्वाचनमा मतदान गर्न करिब चार महिना लागेको थियो । सन् १९८० मा भने जम्मा चार दिनमा निर्वाचन गरिएको थियो ।

सन् २०१९ को निर्वाचनमा मतदान गर्न उनन्चालीस दिन लागेको थियो । यो वर्ष हुने भारतको आमनिर्वाचन हालसम्मको दोस्रो लामो निर्वाचन हो । मतदाता सङ्ख्या ९६ करोड ९० लाख दर्ता भएसँगै भारतको मतदाताको आकार युरोपेली सङ्घको जनसङ्ख्याभन्दा ठूलो भएको छ ।

संसदको तल्लो सदनका लागि ५४३ सांसद चयनका लागि सात चरणमा मतदान हुने भएको छ । भारतको २८ राज्य र आठ सङ्घीय क्षेत्रले फरक–फरक समयमा मतदान गर्नेछन् । अप्रिल १९ मा सुरु भएर जुन १ मा अन्त्य हुने निर्वाचनको प्रत्येक चरण एक दिनको हुनेछ ।

“निर्वाचन अधिकारीहरूले लामो यात्रा गरेर भएपनि हरेक मतदाताको मताधिकार सुनिश्चित गर्नुपर्छ,” ‘पिआरएस लेजिस्लेटिभ रिसर्च’ का चक्षु रोयले भने ।

निर्वाचनमा खटिएका लगभग एक करोड ५० लाख मतदान अधिकारी र सुरक्षाकर्मीले देशको कुना–कुनामा पुगेर हरेक नागरिकको मताधिकार सुनिश्चित गर्ने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ ।

सन् २०१९ मा भएको चुनावमा एक मतदाताको लागि मतदान अधिकारीको टोली चार दिनसम्म ४८० किलोमिटर यात्रा गरेर भारतको दुर्गम अरुणाचल प्रदेश पुगेका थिए ।

उक्त निर्वाचनमा मतदान अधिकारीहरूले हिमालयको अग्लो स्थानमा रहेको एक गाउँमा पन्ध्र हजार २५६ फिट अग्लो बुथ स्थापना गरेका थिए, जुन विश्वको सबैभन्दा अग्लो मतदान केन्द्र हो ।

यसपटकको निर्वाचनमा पनि दक्षिणी केरला राज्यको वन्यजन्तु आरक्ष भित्र र अर्को पश्चिमी गुजरात राज्यको ढुवानी कन्टेनरजस्ता दुर्गम स्थानहरूमा मतदान केन्द्रहरू स्थापना गरिने छ ।

विज्ञहरूका अनुसार सुरक्षाको दृष्टिकोणले पनि भारतमा धेरै–चरणमा निर्वाचन हुन लागेको हो । कडा सुरक्षाका कारण वर्षौदेखि मतदान शान्तिपूर्ण र सम्मानजनक रूपमा हुँदै आएको छ । सिमानाको रक्षामा खटिएका दशौँ हजार सङ्घीय सुरक्षा बलहरू राज्य प्रहरीसँगै हिंसा रोक्न र मतदान मेसिनहरूको ढुवानीमा खट्ने भएका छन् ।

“देशको भूगोल ठूलो छ । सुरक्षा बलहरूले देशको खोला, पहाड, जङ्गल, लम्बाई तथा चौडाई घुम्नुपर्ने हुन्छ । मतदातालाई मतदान गर्न सहज बनाउँन हामी सक्दो कोसिस गर्नेछौँ,” प्रमुख निर्वाचन आयुक्तले भने ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ३६ बजे

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक