सत्ता गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै « Khabarhub

सत्ता गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिउँसो २ बजे सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट दुई–दुई जना सदस्य रहेको कार्यदलले साझा न्यूनतम कार्यक्रम तयार पारेको थियो ।

सो मस्यौदा शीर्ष नेताहरूले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो । मस्यौदा हिजो नै सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको हो ।

कार्यदलले गत शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसमक्ष प्रस्तुत गरेको थियो ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ३७ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई