ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक « Khabarhub

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए ।

सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गरेको उनले बताए । ओलीले कांग्रेसबाट परिपक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरे ।

त्यसअघि संसद्‌मा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो । 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ४६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक